Ministry of Social Development Gandaki Province Volunteer Recruitment Notice

Ministry of Social Development Gandaki Province Volunteer Recruitment

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, पोखरा

गण्डकी प्रदेश अन्तर्गत प्रदेश विकास स्वयंसेवक सेवाका निम्न बमोजिम रिक्त रहेका सेवा क्षेत्र र पदहरुमा स्वयंसेवकहरुको भर्ना गर्न पर्ने भएकोले मन्त्रालयको website (www.mosd.gandaki.gov.np) मा राखिएको प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि, २०७५ को अनुसूची-४ बमोजिमको ढाँचामा रितपुर्वक दरखास्त फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०७६/१२/०७ गते भित्र) मन्त्रालयको प्रशासन शाखामा दरखास्त पेश गर्नु हुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

उम्मेदवारको आवश्यक न्यनतम शैक्षिक योग्यता र संलग्न गर्नपर्ने कागजातहरु :

१. उम्मेदवारहरुको शैक्षिक योग्यता लोक सेवा आयोगले निर्धारण गरेको सम्वन्धित सेवा/समुह/उपसमुहको लागि चाहिने न्युनतम शैक्षिक योग्यता वा तालिम आवश्यक पर्नेछ ।
२. स्वास्थ्य सेवाको हकमा सम्वन्धित व्यावसायिक परिषद्मा दर्ता भएको र म्याद समाप्त भएको भए नविकरण भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
३. नेपाली नागरिकताको प्रमाणपत्र ।
४. दरखास्तको अन्तिम दिनसम्म उमेर १८ बर्ष पुरा भएको तर अधिकृत तहमा २१ बर्ष पुरा भएको ।
५. कुनै सार्वजनिक पदमा वहाल नरहेको ।
६. कुनै फौजदारी अभियोगमा अदालतबाट दोषी नठहरेको ।
७. गण्डकी प्रदेशमा स्थायी बसोवास गरेको हुनु पर्नेछ ।
८. परिक्षाको किसिम : अन्तरवार्ता
९. अन्तरवार्ताको मिति यस मन्त्रालयको सूचना पार्टी र website (www.mosd.gandaki.gov.np) मा पछि प्रकाशन गरिनेछ । 

द्रितब्य:

१.  उम्मेदवारले जुन जिल्लामा स्वयंसेवक भै सेवा गर्न चाहेको हो सोही जिल्लाको लागि माग गरिएको पदमा आवेदन फाराम भर्नु पर्नेछ । सो कुरा आवेदन फाराम भर्दा नै खलाउन्‌ पर्नेछ ।
२. सिफारिस भएका उम्मेदवारहरुलाई सेवा गर्न चाहेको जिल्ला भित्रका सम्वन्धित कार्यालयमा आवश्यकता अनुसार खटाइनेछ ।
३. दरखास्तको अन्तिम मितिसम्म थप पद रिक्त भै माग भै आएमा उल्लेखित संख्यामा थप हुन सक्नेछ । ।
४. निर्वाह भत्ता तथा अन्य सेवा सृविधा प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि, २०७५ उल्लेख भए बमोजिम हुनेछ ।

थप जानकारीका लागि ९८४६१५६६६० र ९८४६२५०२२२ मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।


Post a Comment

0Comments

Thank you for your comments.

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !