Jobs at Civil Aviation Authority of Nepal (CAAN), 68 Vacancies

VACANCY ANNOUNCEMENT
Civil Aviation Authority of Nepal

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेको देहाय बमोजिमको पदमा स्थायी पदपूर्ति भएमा स्वत: हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्राधिकरणद्वारा स्वीकृत फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्नु हुन पदपूर्ति समितिको मिति २०७६/५,१६ गतेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ।

माग गरिएको पदको विवरणः
क) सेवाः प्राविधिक, समूह: एयर ट्राफिक सर्भिसेस, तह: सातौं, पद: बरिष्ठ अधिकृत, माग पद संख्या : ३८ (अठतीस)

ख) सेवाः प्राविधिक, समूह: एभिएशन फायर सर्भिसेस, तह: चौथो, पद: सहायक, माग पद संख्या : ३० (तीस)

दरखास्त दिने स्थान: नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालय, प्रशासन विभाग, बबरमहल, काठमाडौं ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता:
क) एयर ट्राफिक सर्भिसेस: मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि (गए) वा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण र प्राधिकरणबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेज तालीम प्राप्त ।

ख) एभिएशन फायर सर्भिसेस: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस. एल. सी. वा सो सरह उत्तीर्ण र नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट जीवनोद्धार तथा विमानस्थल अगिन निवारण सम्बन्धी आधारभूत तालीम प्राप्त ।

परीक्षाको किसिम: लिखित परीक्षा र अन्तर्वार्ता ।

परीक्षा दस्तुर: सातौ तहका लागि रु.७००।- (सातसय रुपैयाँ), चौथो तहका लागि रु. ४००।- (चारसय रुपैयाँ)

दरखास्त फाराम दस्तुर: रु १००/- (एक सय रुपैयाँ मात्र) ।

फाराम दस्तुर र परीक्षा दस्तुर जम्मा गर्नु पर्ने स्थान: एन.एम.बी. बैंकको जुनसुकै शाखा कार्यालयहरुमा रहेको यस प्राधिकरणको खाता नं. 0010012611500043 मा जम्मा गर्नुपर्नेछ । आवेदनकर्ताको नाम स्पष्ट उल्लेख गरी दस्तुर बुझाएको सक्कल भौचर पेश गरेमा मात्र दरखास्त फाराम दर्ता गरिनेछ ।

दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट सम्म दरखास्त फाराम बुझाउन सकिनेछ ।

लिखित परीक्षाको मिति: २०७६ आश्विन ०९ गते विहान ५.०० बजे । (परीक्षा केन्द्र ने.ना.उ.प्रा., प्रधान कार्यालय, बबरमहल) 

उमेरको हद:
क) सातौ तहका लागि: २१ वर्ष पूरा भै पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।

ख) चौथो तहका लागि: १८ वर्ष पूरा भै पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।

काम गर्नुपर्ने स्थान: प्राधिकरण अन्तर्गतका कार्यालयहरु ।

तलव सुविधा: करारमा उल्लेख भएअनुसार ।

दरखास्त फारामसाथ पेश गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र (उमेर खुलेको), आफूले प्राप्त गरेको आधारभूत तालीमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरुका साथै विज्ञापनसंग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेश गर्नुपर्नेछ ।

विदेशी बोर्डबाट उत्तीर्ण भै शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकक्ष निर्धारण गरेको प्रमाण संलग्न गर्नुपर्नेछ ।

यस सम्बन्धमा थप जानकारी चाहिएमा प्राधिकरण प्रधान कार्यालयको प्रशासन विभागमा बुझन सकिनेछ ।

यो सूचना प्राधिकरणको website: www.caanepal.gov.np मा समेत हेर्न सकिनेछ ।

करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना
For more information, read notice below:
Civil Aviation Authority of Nepal Job Vacancy
Previous Post Next Post